आज प्रदेश १ मा भेटिए थप ४३ संक्रमित
विराटनगर । आज प्रदेश नं १ मा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मोरङका २९, सुनसरीका ६, झापाका १ र प्रदेश १ बाहिरका ७ जना मा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
जसमध्ये मोरङ विराटनगरमा १२ महिला र १५ पुरुष सहित २७, बुढीगंगा र कानेपोखरीमा १–१, सुनसरीको इटहरीमा ३, बर्जु, इनरुवा र हरिनगरमा १–१, झापाको अर्जुनधारामा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ६ सय ४७ पुगेको छ । ती मध्ये २९ हजार ९ सय ९ जना संक्रमण मुक्त भएका छन् । अहिले संक्रिय संक्रमित २ सय ६६ जना रहेका छन् ।
प्रदेश १ मा आज ३ सय ३४ जनाको पीसीआर परीक्षण गरिएको मध्ये १८ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।


