अनलाइन कक्षाका लागि सूचना प्रविधिको पूर्वाधार विकास हुनुपर्ने

काठमाडौँ : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ ।

सुशील कोइराला मेमोरियल फाउन्डेसनले गत वर्षदेखि आयोजना गरेको अन्वेषण कार्यक्रमअन्तर्गत ‘सूचना प्रविधि, सरकार र योगदान’ विषयक जुम प्रविधिबाट आयोजना गरिएको कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले अनलाइन कक्षा चलाउन प्रमुख शहरमै राम्रो पूर्वाधार विकास भइनसकेको बताए ।

सूचना प्रविधिमार्फत विकृति फैल्याउनेलाई कसरी रोक्ने भन्ने विषयमा चुनौती देखिएको उनको भनाइ थियो । सूचना प्रविधि क्षेत्र नीति, नियमको बन्धक भएको उल्लेख गर्दै उनले प्रयोगकर्ता आफैँ स्वअनुशासित र स्वनियमन हुनुपर्ने विचार राखे ।

सूचना प्रविधिका क्षेत्रमा भएको कानूनी व्यवस्था कार्यान्वयन नहुँदासमेत यस क्षेत्रमा समस्या देखिएको २५ वर्षदेखि यस विषयमा काम गर्दै आउनुभएका वरिष्ठ निर्देशक खनालले सुनाए ।

फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले सूचना प्रविधि क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धान बढाएर आइपरेका समस्या समाधानतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।

शिक्षाकै माध्यमबाट सूचना प्रविधि क्षेत्रमा सुधार ल्याउन सकिने उनको भनाइ थियो । यस क्षेत्रमा समाजमा भए गरेका विषयलाई सरोकार भएका निकायसम्म पु¥याउन फाउन्डेसनले एक वर्षअघिदेखि कोरोनाबाट बच्न जारी स्वास्थ्य मापदण्ड पालना गरी जुम प्रविधिमार्फत बहस चलाउँदै आएको छ ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।