प्रदेश नंं १ मा आज थपिए ५५ जना कोरोना संक्रमित

विराटनगर । प्रदेश नंं १ मा आज ५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २९, झापामा १७, सुनसरीमा ३ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा १० महिला र १४ पुरुष सहित २४, सुन्दरहरैचामा २, बुढीगंगा, बेलबारी र कटहरीमा १–१, झापाको विर्तामोडमा ५, कनकाई र भद्रपुरमा ३–३, दमक र मेचीनगरमा २–२, अर्जुनधारा र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरी, देवानगञ्ज र बराहक्षेत्रमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यो प्रदेशमा कोरोना संक्रमितको संख्या ३० हजार ७ सय २ पुगेको छ । संक्रमित मध्ये २९ हजार ९ सय ११ जना संक्रमण मुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३ सय १९ पुगेको छ । प्रदेश १ मा आज ३ सय २५ जनाको पीसीआर परीक्षण गरिएको मध्ये २२ महिला र ३३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।