कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको सेवा बन्द

लहान । उपचाररत एक महिलामा कोरोना सङ्क्रमण देखिएपछि सिरहा जिल्ला अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा उपचारका लागि गत आइतबार भर्ना भएकी एक महिलामा जाँचपछि कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएकोे हो ।

सङ्क्रमणपछि उक्त महिलाको सम्पर्कमा आएका अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकसमेत रहेकाले तत्काललाई अस्पताल शिल गरी आकस्मिक सेवा मात्र सञ्चालन गरिएको अस्पतालका मेसु डा नागेन्द्रप्रसाद यादवले जानकारी दिएका छन् । अस्पतालको आकस्मिक कक्षबाहेक सबै कक्षमा ताल्चा लगाइएको छ । अस्पतालमा रोग निवारक औषधि छर्केपछि पुनः सञ्चालनमा ल्याइने मेसु डा यादवले बताए ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सीमावर्ती भारतीय बजारबाट नेपालतर्फ आवतजावत हुने सम्पूर्ण नाकामा कडाइ गर्न सशस्त्र प्रहरी बल नेपालका साथै नेपाल प्रहरीलाई समेत निर्देशन दिइसकेको बताए । हाल सिरहामा एक महिलासहित सात जना सक्रिय कोरोना सङ्क्रमित रहेको बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।