एक्सरे मेसिन प्रयोगविहीन हुँदा सेवाग्राही मार्कामा

गण्डकी, ७ वैशाख । जनस्वास्थ्यलाई ख्याल गर्दै पोखरा महानगरपालिका–२१ स्थित कृष्ति प्राथमिक स्वास्थ्य केन्द्रमा चार वर्षअघि एक्सरे मेसिन ल्याइए पनि दक्ष जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन । स्वास्थ्य बीमा बोर्डले झण्डै रु पाँच लाख बराबरको एक्सरे मेसिन अनुदानमा सहयोग गरे पनि सञ्चालनका लागि प्राविधिक उपलब्ध नहुँदा सो मेसिन प्रयोजनविहीन बनेको हो ।

स्वास्थ्यचौकीले पोखरा महानगरपालिका स्वास्थ्य महाशाखासँग जनशक्तिको माग गर्दै आए पनि हालसम्म उपलब्ध नहुँदा मेसिन भएर पनि सामान्य एक्सरे गर्न सो क्षेत्रका बासिन्दालाई पोखरा पठाउनुपरेको स्वास्थ्य केन्द्रका प्रमुख प्रताप पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मेसिन सञ्चालन नहुँदा बिग्रने समस्या बढेको छ भने स्थानीय जनताले पनि असुविधा भोग्नुपरेको छ । केन्द्रमा एक्सरे गर्नुपर्ने १५ देखि २० बिरामी आउने गरेका छन् ।

स्वास्थ्य बीमाको सुविधासमेत रहेको सो केन्द्रमा आकस्मिक सेवा, प्रयोगशाला, २४ घण्टा प्रसूति सेवा, बच्चाको खोप, इसिजी, परिवार नियोजनलगायतका सेवासहित नेपाल सरकारद्वारा निःशुल्क प्रदान गरिने सबै प्रकारका औषधिसमेत उपलब्ध गराउँदै आएको उहाँले सो केन्द्रको स्थलगत अनुगमनमा पुग्नुभएका गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मालाई जानकारी गराउनुभयो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको आर्थिक सहयोगमा स्वास्थ्य केन्द्रको हातामा निर्माण भएको चारवटा सटरसहितको ट्रष्ट फार्मेसी भवनको अनुगमनका लागि सो स्थानमा पुग्नुभएका शर्माले एक्सरे मेसिन सञ्चालनका लागि आफूले महानगरसँग समन्वय गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सो केन्द्रमा दरबन्दीअनुसार एक चिकित्सक र एक स्टाफनर्ससमेत नहुँदा सेवाग्राहीलाई उपचारमा सोचेजस्तो सेवा प्रदान गर्न नसकिए पनि हाल छात्रवृत्तिमा अध्ययन गरेका एमबिबीएसका तीन विद्यार्थीले स्थानीयवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन् । पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलका अनुसार स्वास्थ्य बीमा बोर्डले एक्सरे मेसिन उपलब्ध गराए पनि आवश्यक जनशक्तिको अभावमा मेसिन सञ्चालन गर्न नसकिएको बताउनुभयो ।

पोखराको शिशुवा स्वास्थ्यचौकीमा मेसिन सञ्चालन गरी निरन्तर सेवा प्रदान गर्दै आएको बताउँदै उहाँले बोर्डले उपलब्ध गराएको पोखरा–१६ अर्मला र कृष्ति स्वास्थ्य केन्द्रको मेसिन लामो समयदेखि प्रयोगमा आउन नसकेको जानकारी दिनुभयो । कतिपय उक्त मेसिनमा प्रयोग हुने सामग्रीसमेत पाउन कठिन भइसकेको छ । वैकल्पिक व्यवस्था गरेर भए पनि एक्सरे मेसिन सञ्चालन गरेर स्थानीयवासीलाई सुविधा पु¥याउन महानगरले पहल शुरु गरेको बताउँदै महाशाखा प्रमुख शर्माले भन्नुभयो, “नजिकै पोखरा बजारमा सबै किसिमका स्वास्थ्य सेवा हुने हुँदा स्वास्थ्यचौकीमा सेवाग्राहीको सङ्ख्यामा समेत कमी हुने गरेको छ ।” (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।