आज प्रदेश १ मा थपिए ९७ संक्रमित,कुन जिल्लामा कति ?
विराटनगर । प्रदेश १ मा आज ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङ्गमा ५५, सुनसरीमा २४, झापामा १२, खोटाङमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङ्गको विराटनगरमा १६ महिला र ३१ पुरुष सहित ४७, बुढीगंगामा ३, रंगेली र सुन्दरहरैचामा २–२, कानेपोखरीमा १, सुनसरीको इटहरीमा ११, धरानमा ७, इनरुवा र बर्जुमा २–२, गढी र बराहक्षेत्रमा १–१, झापाको विर्तामोडमा ३, अर्जुनधारा र झापा गाउँपालिकामा २–२, भद्रपुर, कचनकवल, दमक, कनकाई र कमल गाउँपालिकामा १–१, खोटाङको खोटेहाङमा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ७ सय ९९ पुगेको छ । संक्रमित मध्ये २९ हजार ९ सय २३ जना संक्रमण मुक्त भएका छन् । सक्रिय संक्रमित ४ सय ४ पुगेका छन् ।
प्रदेश १ मा आज ५ सय २८ जनाको पीसीआर परीक्षण गरिएको मध्ये ३४ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।


