धनकुटाका २ सहित प्रदेश १ मा १ सय ६८ कोरोना संक्रमण पुष्टि

विराटनगर । धनकुटामा २ सहित आज प्रदेश १ मा १ सय ६८ जनाकोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

धनकुटाको धनकुटा नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय विराटनगरले जनाएको छ ।

थपिएका अन्य संक्रमितहरुमा मोङ्ंगमा १ सय ८, सुनसरीमा २८, झापामा १७, ते¥हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज विराटनगरमा ९७ जनामा संक्रमण पुष्टि भएको छ  । संक्रमित मध्ये ४६ जना महिला र ५१ जना पुरुष रहेका छन् ।

त्यस्तै मोरङ्ंगको बुढीगंगा, उर्लाबारी, कटहरीमा २–२, सुन्दरहरैचा, पथरीशनिश्चरे र रंगेलीमा १–१ र स्थानीय तह नखुलेका २ जना, सुनसरीको धरानमा १६, इटहरीमा७, बराहक्षेत्र, दुहवी, गढी, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१, झापाको भद्रपुर र विर्तामोडमा ४–४, कनकाईमा ३, दमकमा २, अर्जुनधारा, मेचीनगर, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको लालीगुराँसमा १, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ११जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ३१ हजार ७० पुगेको छ । संक्रमित मध्ये २९ हजार ९ सय ३२ जना संक्रमण मुक्त भएका छन् । सक्रिय संक्रमित ६ सय ६६ जना छन् ।

प्रदेश १ मा आज ६ सय २ जनाको पीसीआर परीक्षण गरिएको मध्ये ७२ महिला र ९६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।