छात्रवृति रकम हस्तान्तरण
नारायण कुमार राई/छथर जोरपाटी धनकुटा १०,बैसाख । छथर जोरपाटी गाउँपालिकाले बिज्ञान बिषयमा प्रदान गरेकोे छात्रवृति अनुदान रकम हस्तान्तरण गरेको छ ।

छात्रवृति पाउने महाकाली मा.बि.ताम्लिङ्ग वडा नं. ५ का .सुदिप लिम्बूलाई पालिकाले बिहिबार छात्रबृती बापतको नगद रु ५० हजार हस्तान्तरण गरेको हो ।
पालिका अध्यक्ष शेरबहादुर लिम्बू,उपाध्य भीमकला र शिक्षा शाखा प्रमुख निर्मला सुबेदीले लिम्बू र उनको बुवा काल बहादुर लिम्बूलाई चेक रकम हस्तान्तरण गर्नुभएको थियो ।
छात्रवृति पाउने लिम्बू ०७६ सालमा एस.ई.ई.पास गरी हाल धनकुटा नगरपालिकाको गोकुण्डेश्वर मा.बि.मा कक्षा ११ मा अध्ययनरत रहेकाछन् ।
पालिकाले माघ १९ गते प्रकाशित सूचनाका आधारमा यो बर्ष पालिकाका १० मा.बि.बिद्यालयबाट उनको मात्र दरखास्त परेको थियो ।


