धनकुटाका ३ सहित प्रदेश १ मा आज थपिए १ सय १६ संक्रमित,कुन जिल्लामा कत्ति ?
विराटनगर । धनकुटाका ३ सहित प्रदेश १ मा आज १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् ।
धनकुटाको महालक्ष्मी, पाख्रीबास र धनकुटा नगरपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय प्रदेश १ विराटनगरले जनाएको छ ।
त्यस्तै मोरङ्गमा ७२, झापामा १४, सुनसरीमा ९, उदयपुरमा ४, धनकुटा र भोजपुरमा ३–३, संखुवासभामा २, ते¥हथुम, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मोरङ्गको विराटनगरमा ५४, बुढीगंगामा ८, रङगेलीमा ३, कटहरीमा २, कानेपोखरी, सुन्दरहरैचा, धनपालथान, उर्लाबारी र बेलबारीमा १–१, झापाको दमक र अर्जुनधारामा ४–४, भद्रपुरमा २, कनकाई, मेचीनगर, विर्तामोड र झापा गाउँपालिकामा १–१, सुनसरीको धरानमा ४, इटहरी र इनरुवामा २–२ र बराहक्षेत्रमा १, उदयपुरको कटारीमा ४, भोजपुरको षडानन्द, टेम्केमैयुङ र भोजपुर नगरपालिकामा १–१,संखुवासभाको धर्मदेवी र सिलिचोङमा १–१, ते¥हथुममा १, इलाममा १, ताप्लेजुङको पाथीभरा याङवरकमा १ र ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको हो ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार १८६ पुगेको छ । संक्रमित मध्ये २९ हजार ९३५ जना संक्रमणमुक्त भएका छन् ।
सक्रिय संक्रमितको संख्या ७७६ पुगेको छ । प्रदेश १ मा आज ५१९ जनाको पीसीआर परीक्षण गर्दा ५३ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।


