५० जनाले लगाए कोरोना भाईरस विरुद्धको दोश्रो डोज खोप,६ का २९ घरलाई फुसको छानो र जिर्ण घर मूक्त वनाईने
धनकुटा । धनकुटाको शहिदभूमी गाँउपालिका ५० जनाले कोरोना भाईरस विरुद्धको दोश्रो डोज खोप लगाएका छन् । यो रोग विरुद्धको दोस्रो चरण अन्तर्गतको खोप लगाउने कार्यक्रम अन्र्तग हिजो र आज ३० पुरुष र २० महिलाले दोश्रो डोज खोप लगाएका हुन् ।
माघ र फागुनमा पहिलो चरणमा पहिलो डोजको खोप लगाईएकालाई दोस्रो डोजको खोप दिईने पालिकाका स्वास्थ्य शाखा प्रमुख फर्किर मोहोमदले जानकारी दिनु भयो ।
कोभिड विरुद्धको दोस्रो चरण खोप लगाउने अभियान अन्तरगत पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वयंमसेविका, जनप्रतिनिधी, गाउँपालिका कर्मचारी, र बैंक तथा बित्तिय संस्थाका प्रतिनीधिहरुलाई खोप लगाईएको हो ।
यो पनि …
शहिदभूमी गाउँपालिका ६ का २९ घर लाई चालु आर्थिक वर्षमा फुसको छानो र जिर्ण घर मूक्त वनाईने भएको छ ।
वडा कार्यलयले दिएको जानकारी अनुसार गाउँ सभा सदस्यहरु जम्मा ६ जनाको २, २ लाख बाट १२ घर,गाउँपालिकाको ५ लाख बाट १० घर र चालु आर्थिक वर्षको विपन्न सँग अध्यक्ष कार्यक्रम अन्र्तगत ७ घर लाई फुसको छानो र जिर्ण घर मूक्त वनाईने भएको हो ।
आफुहरुको कार्यकाल सम्म सो वडाको साढे ३ सय घरलाई नै फुसको छानो र जीर्ण घर मूक्त वनाउने लक्ष रहेको वडाध्यक्ष हेमकुमार राईले वताउनुभयो ।
सामाजिक सञ्जालमा भनिए जस्तो राजनीतिक हिसावले कसैलाई नछुट्याई विपन्न वर्गलाई समान रुपमा पालैपालो सहयोग दिईरहेको पनि उहाँले वताउनुभयो ।


