थापाथलीमा खुल्यो ‘एकएक पाइला’ सामुदायिक अस्पताल

काठमाडौँ, ११ वैशाख । स्थानीय थापाथलीमा निःसहाय बिरामीलाई निःशुल्क उपचार गर्न ‘एकएक पाइला’ सामुदायिक अस्पताल खुलेको छ । नेत्र रोग विशेषज्ञ डा सुमन शमशेर थापाको अगुवाइमा स्थापना भएको अस्पतालले भोलि आइतबारदेखि नेत्र परीक्षण एवं उपचार तथा अर्को सातादेखि अन्य स्वास्थ्य सेवा प्रवाह गर्ने भएको छ ।

छ वर्षअघिको भुँइचालोका बेला सीप, समर्पण, धन, मन, विशेषज्ञता र जाँगर भएका युवा डाक्टरहरूले ‘एकएक पाइला’ अभियानमार्फत गरीब, दुःखी, असहाय बिरामीलाई चाहिएका बेला निःशुल्क विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले सिन्धुपाल्चोकको चनौटेबाट प्रारम्भ गरेको स्वास्थ्य शिविर आज सामुदायिक अस्पताल सञ्चालनको अवस्थामा पुगेको हो ।

विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू सुधांशु केसी, विनिता अधिकारी, सविना भट्टराई, कुञ्जन आचार्य, सपना अमात्य, सृष्टि श्रेष्ठलगायत संलग्न टोलीले डा थापाको अध्यक्षतामा गठन गरेको सामुदायिक स्वास्थ्य केन्द्रअन्तर्गत उक्त अस्पताल सञ्चालन भएको हो ।

हरेक महीना पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल भेगका विभिन्न स्थानमा आँखा, नाक, कान, घाँटी, सामान्य चिकित्सा, छाला तथा यौनरोग, स्त्रीरोग, शल्यचिकित्सा, हाडजोर्नी, दन्त चिकित्सा,‘प्याथोलोजी’ सेवा प्रदान गर्ने लक्ष्यका साथ काम भइरहेको डा थापा बताउनुहुन्छ । उहाँका अनुसार यसअघि पनि एकएक पाइला प्रतिष्ठानमार्फत एक वर्षमा १२ वटा स्वास्थ्य शिविर सञ्चालन गरिएका थिए । मुगु, हुम्ला, जुम्ला, डोल्पा र जाजरकोटका जनसाधारण शिविरबाट लाभान्वित भएका थिए ।

विभिन्न समयमा सहयोगार्थ आयोजित साङ्गीतिक कार्यक्रमबाट सङ्कलित रकम उदारमना राट्रिय एवं अन्तरराष्ट्रिय दाता, प्रतिष्ठान र केन्द्रमा आबद्ध चिकित्सक तथा समाजसेवीको आर्थिक सहयोगमा अस्पताल सञ्चालन गरिएको हो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।