लोकतन्त्र दिवसको अवसरमा दीप प्रज्वलन
धनकुटा । लोकतन्त्र दिवसको अवसरमा धनकुटा उद्योग बाणिज्य संघले आज साझ धनकुटाको ग्रिन पार्क स्थित चुवाको वोट चौकमा दिप प्रज्वलन गरेको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले लोकतन्त्र स्थापना र लोकतन्त्रको संस्थागत विकास गर्ने क्रममा साहदत प्राप्त गर्नुहुने सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दिप प्रज्वलितको शुभारम्भ गर्नु भएको थियो ।
सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्यहरु रेजिना पलिखे,अम्विका धमला,विसिष्ट सदस्यहरु शैलेसमान श्रेष्ठ,शोभा श्रेष्ठ,पूर्व कार्यालय प्रमुख जयन्द्र प्रधान,घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,वितरक संघ धनकुटाका सदस्य देवेन्द्र प्रधान,लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमना तिम्सिना,सदस्य राधा तिम्सिना,नविन घिमिरे,नेपाल निर्माण व्यवासायी संघ धनकुटाका सह कोषाध्यक्ष चन्द्र सिह नम्वाग,धनकुटा होटल एशोसिएसनका सचिव जयमणी घिमिरे,व्यावसायीहरु लक्ष्मी श्रेष्ठ, राजन पौडेल,श्रवण शाह ,कर्मचारी मनिश श्रेष्ठ लगायतले दिप प्रज्वलित गर्दै लोकतन्त्र दिवसको शुभ कामना व्यक्त गर्नु भएको थियो ।


