प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक बैठक

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् । बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । यसअघि शुक्रबारको बैठकले नेताहरूको कार्यविभाजन गरेको थिय‍ो । सोही बैठकले स्थायी कमिटी पनि विस्तार गरेको थियो ।

एमालेको कार्यालय सचिव ईश्वरी रिजालले बैठक बस्न लागेको जानकारी दिए । एमालेका नेता शेरबहादुर तामाङले आज विहान १० बजेका लागि बैठक बोलाइएको बताए । उनका अनुसार बैठकमा पार्टीको आन्तरिक जीवनका बारेमा छलफल हुने छ ।

वैशाख ६ गतेको बैठकले माधव नेपाल पक्षका २७ जना संघीय सांसद र कर्णाली प्रदेशसभाका ५ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोहीअनुसार उनीहरूमाथि स्पष्टिकरण पनि सोधिइसकेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।