युवा समाजसेवी प्रधानलाई विदाई अभिनन्दन
वैशाख १२,धनकुटा । समाजिक अभियान्ता धनकुटाका विकास प्रेमी वरिष्ट यूवा समाजसेवी तथा यूवा व्यावसायी जयन्द्र प्रधानलाई साथी बचत तथा ऋण सहकारी संस्था धनकुटा र लक्ष्मी वचत तथा ऋण सहकारी संस्था धनकुटाले आज अभिनन्दन गर्दै विदाई गरेको छ ।

बैसाख तेस्रो साता केही बर्षका लागि अष्ट्रेलिया जान लाग्नु भएका वरिष्ट यूवा समाजसेवी तथा यूवा उद्यमी सामाजिक अभियान्त प्रधानलाई साथी वचत तथा ऋण सहकारी र लक्ष्मी बचत तथा ऋण सहकारी संस्था धनकुटाले सहकारी अभियान र धनकुटाको विकास र समृद्धी अनी सहकारी अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा अभिनन्दन गरेको हो ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, सहकारीका सल्लाहकार श्रवण शाह,निर्वतमान अध्यक्ष श्रीकृष्ण प्रधान,धनकुटा उद्योग बाणिज्य संघका कायकारी सदस्य रेजिना पलिखे सहकारकिा अध्यक्ष सुमना तिम्सिना ,उपाध्यक्ष सरोज राई लगायतले टिका तथा खादा लगाई दिई दोसल्ला र टोपी ओढाएर यूवा समाज सेवी सामाजिक अभियान्त जयन्द्र प्रधानलाई अभिनन्दन गरेका थिए ।
साथी बचत तथा ऋण सहकारी संस्थाका निर्वतमान अध्यक्ष शैलेसमान श्रेष्ठको अध्यक्षतमा सम्पन्न कार्यक्रममा सदस्य सावित्री देवी श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो । यसैगरी संस्थाका कोषाध्यक्ष रुपेश श्रेष्ठ,व्यवस्थापक दिपिका प्रधान,सहसचिव अशिम शाक्य,कार्यकारी सदस्यहरु सुजता श्रेष्ठ,कुसुम जोशी श्रेष्ठ,कुमार श्रेष्ठ लगायतले विदाई भएर जान लाग्नु भएका प्रधानलाई खादा टिका लगाई दिई माया चिनो समेत प्रदान गरेका थिए ।
सोही अवसरमा अभिनन्दीत व्यक्तित्व समाजिक अभियान्ता प्रधानले आफु अष्टेलियामा रहेर पनि धनकुटाको विकास र समृद्धीका लागि क्रियाशिल रहने वताउनु भयो ।
लक्ष्मी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमना तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन व्यवस्थापक अनिता श्रेष्ठले गरेकी थिइन ।
सो अवसरमा उक्त सहकारी संस्थाका लेखा समितिका संयोजक देवेन्द्र प्रधान,सदस्य भगवती कार्की,कार्यकारी सदस्यहरु राधा तिम्सिना,यशोदा पोखरेल,विपना प्रधान,नविन घिमिरे लगायतले समेत अभिनन्दित व्यक्तित्व जयन्द्र प्रधानलाई टिका माला लगाई दिई बिधाई गर्नु भएको थियो ।
सामाजिक अभियान्त समाजसेवी प्रधानलाई धनकुटा उद्योग बाणिज्य संघ लगायत विभिन्न सघ संस्थाहरुले पनि यस अभघ सम्मान गरी बिदाई गरिसकेको छ ।


