१३ सदस्यीय अखिल नेपाल महिला संघ गठन
वैशाख १२,धनकुटा । सहिदभुमि गाँउपालिका वडा नं ६ मा १३ सदस्यीय अखिल नेपाल महिला संघ गठन गरेको छ । आज एक कार्यक्रमका बिच वडा सदस्य भावना राईको अध्यक्षतामा १३ सदस्यीय अखिल नेपाल महिला अनेम संघ गठन गरिएको हो ।

नब गठित अनेम संघका वडा कमिटी उपाध्यक्ष धनकुमारी राई,सचिव मनकुमारी राई,सहसचिव उर्मीला राई,कोषध्यक्षमा चन्द्र कुमारी राई र सदस्यहरुमा शुसीला राई,विमला राई, फुलमायाँ विब ,मित्रा राई,पवित्रा राई,जानुका राई, ममता राई र खास माया राई रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि अनेम संघ धनकुटाका सहसचिव सावित्रा बान्तवाले नव गठित वडा कमिटीका पदाधीकारीलाई शुभकामना दिनुहुदै अनेमा संघको चर्चा गर्दै उहाले अनेम संघले देश परिवर्तन तथा विकासका लागि अहिले सम्म खेलेको भुमिकाको विषयमा जानकारी गराउनु भएको थियो ।
त्यस्तै गरी कार्यक्रमका अतिथिहरु अनेम संघ जिल्ला कमिटी सदस्य रस्मिता राई,अनेम संघ गाँउ कमिटी सचिव तथा कार्यपालीका सदस्य दिवानी राई र महिला दलित वडा सदस्य चमेली विकले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा अनेम संघ वडा कमिटीका नया अध्यक्ष राईले आफ्नो प्रतिवद्धता मनतव्य राख्दै वडा नं ६ का महिलाहरुको व्यक्तित्व विकास तथा जागरण ल्याउनका लागि लागि पर्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य पल्टन राईले राखेका थिए भने उर्मिला राईले संचालन गरेका थिए ।


