काठमाडौं उपत्यकामा वैशाख १६ देखि निषेधाज्ञा ! के खुल्छन्, के खुल्दैनन्?

काठमाडौं – काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइने भएको छ। कोरोना संक्रमणको महामारी बढेसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो।

काठमाडौं, भक्तपुर ललितपुरका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूबीच आइतबार बसेको बैठकमा निषेधाज्ञा लगाउने निर्णय भएको हो। ‘औपचारिक रूपमा निर्णय बाहिर आइसकेको छैन, १६ गतेदेखि निषेधाज्ञा लगाउने निर्णय भएको हो,’ एक जना प्रमुख जिल्ला अधिकारीले भने। उनका अनुसार निषेधाज्ञामा के खोल्ने के नखोल्ने भन्ने मापदण्ड बनाइन्छ।

‘लकडाउन भनेको सबै बन्द भन्ने हो,’ उनले भने, ‘निषेधाज्ञामा चाहिँ के खोल्ने के नखोल्ने भन्ने निर्णय गरिन्छ।’ उनका अनुसार वैशाख १६ देखि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुनेछन्। सार्वजनिक,निजी सवारीसाधन बन्द गरिने छ। एम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसलगायतका गाडी चल्ने छन्।

अत्यावश्यक कामबाहेक हिँडडुलमा पनि कडाइ गरिने छ। खाद्यान्न, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरूका लागि बजार खुला गरिने छ। ‘होटल/रेष्टुरेन्टले होम डेलिभरीमात्र गर्न पाउने छन्,’ ती सिडिओले भने।

सरकारी कार्यालय खुल्नेछन्। बैंक तथा वित्तीय संस्था आधा जनशक्ति राखेर सञ्चालन गर्न पाइने छ। यसरी कार्यालय खोल्दा स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने छ। हवाई सेवा सुचारू हुनेछ। कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले पनि १६ गतेदेखि नै निषेधाज्ञा गर्नुपर्ने सुझाव दिएको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।