सबै परिक्षा स्थगित गर्न जिप्रका धनकुटाले जारी गर्यो विज्ञप्ति
धनकुटा,१५ बैशाख । जिल्ला प्रशासन कार्यलय धनकुटाले विश्वभर फैलदै गएको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमण नेपालमा समेत बढ्दै गएकोले मन्त्रि परिषदको निर्णय अनुसार हाल भौतिक उपस्थितीमा विद्यालय तथा शिक्षालयमा भई रहेका पूर्व निर्धारित परिक्षा तथा संचालनमा रहेकासबै परिक्षा स्थगित गर्नु भन्दै प्रमुख जिल्ला अधिकारी वासुदेब दाहालद्धरा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

गण्डकी प्रदेश सभामा सांसद गायब भएपछि बैठक स्थगित
पोखरा । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा मतदानका लागि दुई जना सांसद अनुपस्थित भएका छन् । स्वतन्त्र सांसद दिपक मनाङे र जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएका हुन् ।
यसअघि स्वतन्त्र सांसद र शाहीले मुख्यमन्त्रीविरुद्ध मतदान गर्ने नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्रलाई बाचा गरेको थियो । तर, बुधबार जारी बैठकमा दुई सांसद अनुपस्थित बनेपछि विश्वास प्रस्तावका पक्षधरहरु सशकित बने ।
बैठकअघि अनुपस्थित भएका उनीहरु मतदानका बेलासम्म उपस्थित हुन्छन् भन्ने आशा गरिए पनि मतदान चलिरहँदा उपस्थित भएनन् । दुबै सांसदले फोन स्वीचअफ गरेर सम्पर्कविही भए ।
समचार स्रोतका अनुसार कांग्रेस सांसद मेखलाल श्रेष्ठ, जनमोर्चा सांसद पियारी थापा र जसपाका सांसद धनमाया लामाले गाडी लिएर शाहीलाई खोज्न हिँडे पनि उनीहरु रित्तोहात फर्किएका छन् ।
बैठक स्थगित
आफ्नो सांसद हराएपछि राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेशसभा सदस्य खिमबिक्रम शाहीको अवस्था अज्ञात रहेपछि बुधबारको गण्डकी प्रदेशसभाको बैठक रोक्न माग गरेको थियाे ।
संसदीय दलकी सचेतक पियारी थापाले सभामुखलाई पत्र लेखी सांसद शाहीको अवस्था सार्वजनिक गर्न, उनको जीवन रक्षा उनी नभेटिएसम्म संसदको कारबाही रोक्नुपर्ने र खोजी गर्नुपर्ने उनले माग गरिन् ।


