पाख्रीबासमा एक महिलाको शव फेला
धनकुटा । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका ४ मा एक शव फेला परेको छ ।
हेर्दा महिला जस्तो देखिए पनि मौसमले साथ नदिएको र राती भएकोले विस्तृत विवरण खुल्न सकेको छैन ।
शव पाख्रीबास नपाको मुख्य बजार क्षेत्र देखि केही पर पाख्रीबास-लेगुवा सडक खण्ड अन्तर्गतको सिमखेत नजिकै भेटिएको हो । उक्त शव सडेको अवस्थामा भेटिएको भए पनि अन्य विवरण खुल्न सकेको छैन ।


