कोभिड अस्पतालबाट विश्वासनिय सेवा दिने गरि काम गर्न आग्रह

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड अस्पतालबाट विश्वसनिय सेवा दिने गरि काम गर्न आग्रह गर्नुभएको छ ।

निजी अस्पतालमा नभएको सेवा कोशी कोभिड अस्पतालमा रहेकाले विश्वसनिय सेवा दिन गरि काम गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो,‘ अस्पतालमा भर्ना भएकाहरुबाट गुनासो नआउने गरि काम गर्नुहोस् ।’

सामाजिक विकास मन्त्रालयमा आज कोशी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीसँग भएको बैठकमा उहाँले प्रदेश १ मा उदाहरणीय कार्य गरेर देखाउन पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘ प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पतालले राम्रो उपचार सेवा दिन्छ भन्ने महसुस संक्रमित र तिनका परिवारमा परोस् ।’

प्रदेश सरकारसँगको सहकार्यमा निजी क्षेत्रले तयार गरि गत पुस ५ गते हस्तान्तरण गरेको नागरिक केयर सेन्टरमा भोली देखि संक्रमितको उपचार शुरु गरिने बताउँदै उहाँले आवस्यक जनशक्तिको व्यवस्थापन गर्न पनि निर्देशन दिनु भएको छ ।

उहाँले भन्नुभयो,‘ आन्तरिक व्यवस्थापन राम्रोसँग हुनुप¥यो, बजेटको समस्या छैन ।’ उहाँले अस्पतालको व्यवस्थापन र फोहोरको उचित व्यवस्थापन गर्न कोभिड अस्पतालको संयोजक वैद्यनाथ साहलाई निर्देशन दिनुभएको छ । उहाँले विरामीलाई औषधिको पनि कमी नहुने गरि व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ ।

कोभिड अस्पतालका संयोजक साहले अस्पतालमा ८३ वटा अक्सिजन वेड र २१ वटा भेन्टिलेटर वेड तयारी अवस्थामा रहेको बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।