कोरोना रोकथाम र नियन्त्रणका लागि टोल विकास संस्थाहरुलाई सक्रिय वनाउन शूरु

ईटहरी । इटहरी उपमहानगरमा कोरोना रोकथाम र नियन्त्रणका लागि टोल विकास संस्थाहरुलाई सक्रिय वनाउन शूरु गरिएको छ ।

उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा वसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण नगर स्तरिय समितिको वैठकले गरेको निर्णय अनुसार टोल विकास सस्थाहरुलाई सक्रिय वनाउन थालिएको हो ।

जसअनुसार वडा नं ९ को आयोजनामा टोल विकास सस्थाका अध्यक्षहरु र सरोकारवालाहरुको वैठक सम्पन्न भएको छ । वडाध्यक्ष भूपेन्द्र वरालका अनुसार आफनो टोलमा विदेश वाट आएका ब्यक्तिहरु,पोजेटिभ विरामीको सम्पर्कमा आएका ब्यक्ति र परीक्षण सिफारिस भई नतिजा नआइसकेका ब्यक्तिहरुले १० दिन सम्म क्वारेण्टिनमा वसे नवसेको टोल विकास सस्थाले निगरानी गर्ने निर्णय गरिएको छ ।

क्वारेण्टिन वा होम आइसोलेसनमा वसेका ब्यक्तिहरुलाई आवश्यक सर सहयोग जुटाउन समेत टोल विकास सस्थाहरुले भूमिका निर्वाह गर्ने छन । होम आइसोलेसनमा वसेका टोलवासीहरुले अपनाउनु पर्ने सावधानीका वारेमा जानकारी गराउने र सावधानी अपनाए-नअपनाएको वारेमा अनुगमन समेत गरिने छ ।

टोलमा हुने जुनसुकै जमघटमा २५ जना भन्दा वढि भेला हुन नदिने र भएमा वडाकार्यालयमा रिर्पोटिङ्ग गर्ने छन । टोलमा रहेका हाटवजारमा स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गराउन आवश्यक सहयोग तथा पहलकदमी लिने वैठकले निर्णय गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।