सीमा नाकामा अनिवार्य पिसिआर परीक्षण गर्न सभापति देउवाको सुझाव

काठमाडौँ, १७ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतबाट घर फर्किएका नागरिकको सीमा नाकामा अनिवार्य पिसिआर परीक्षण गर्न सरकारलाई सुझाव दिनुभएको छ । सभापति देउवाले आज आफ्नो निवास बूढानीलकण्ठमा पत्रकार सम्मेलन गर्र्दै सीमा नाकामा अनिवार्य परीक्षण गर्न तथा त्यसको नतिजा नआउँदासम्म नागरिकलाई होल्डिङ सेन्टरमा राख्न सरकारसँग माग गर्नुभयो ।

परीक्षणका क्रममा कोरोना सङ्क्रमितलाई स्थानीय तहसँग समन्वय गरी आइसोलेशनमा राख्ने व्यवस्था मिलाउन पूर्वप्रधानमन्त्री देउवाले सरकारलाई सुझाव दिनुभयो ।

वर्तमान सरकार कोरोना रोकथाम र नियन्त्रणमा गम्भीर नभएको आरोप लगाउँदै नेता देउवाले सरकारको लापरवाहीका कारण कोरोना फैलिइरहेको विचार राख्नुभयो । काठमाडौं उपत्यकाबाट ठूलो सङ्ख्यामा सर्वसाधारण गाउँ फर्किएकाले कोरोना थप फैलिने खतरा बढेको सभापति देउवाले सुनाउनुभयो । सङ्क्रमितहरु परीक्षण नै नगरी गाउँतिर गएका कारण थप भयावह स्थिति आउने प्रति उहाँले सचेत गराउनुभयो ।

निषेधाज्ञाका अवधिमा कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक काम गर्न सभापति देउवाले सरकारलाई सुझाव दिनुभयो । “वर्तमान सरकारको ध्यान उद्घाटन, भीडभाड र तडकभडकमा बढी केन्द्रित भएको छ, सङ्क्रमण रोक्न सरकारले कुनै ठोस काम गर्न नसक्दा निषेधाज्ञा गर्नुपर्ने अवस्था आएको हो ”, उहाँले भन्नुभयो ।

सभापति देउवाले स्वास्थ्य, सुरक्षा, सरसफाइकर्मीलगायतलाई जोखिममा काम गरेको भत्ताको सुनिश्चिता गर्न सरकारसँग माग गर्नुभयो । उहाँले सरकारी तथा निजी क्षेत्रका स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति तत्काल व्यवस्थापन गर्न पनि आग्रह गर्नुभयो । कोरोनाविरूद्धको खोप आपूर्तिको सुनिश्चितता गर्नुपर्ने तथा विदेश जानेका हकमा पिसिआर परीक्षण गर्ने स्वास्थ्य संस्था बढीभन्दा बढी तोक्नुपर्ने उहाँको भनाइ थियो ।

नेता देउवाले कोरोना महामारीबाट प्रभावित सबैलाई आवश्यक राहत उपलब्ध गराउनुपर्नेमा जोड दिँदै व्यवसायीका लागि राहत तथा सहयोगको प्याकेज ल्याउन सरकारसँग माग गर्नुभयो ।

सभापति देउवाले केन्द्रदेखि गाउँसम्मका पार्टीका सबै संरचनालाई कोरोनाविरुद्धको सचेतना अभियानमा खटिन निर्देशन दिँदै उहाँले अहिलेको महामारीको मिलेर सामना गर्न पार्टी पङ्क्ति सबैलाई आग्रह गर्नुभयो । कोरोना सङ्क्रमितलाई उपचार अभाव भएमा त्यसका लागि सहयोग गर्न उहाँले देशभरका आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभयो । अमेरिकाले नेपाललाई खोप सहयोग गर्न लागेकामा स्वागत गर्दै सभापति देउवाले भारत र चीनले खोप उपलब्ध गराएकामा धन्यवाद पनि दिनुभयो ।

मास्क अनिवार्य लगाउने, साबुनपानीले हात धुने, भौतिक दूरी कायम गर्नेलगायत स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ लागू गर्नका लागि अनुगमन संयन्त्र बलियो बनाउन सभापति देउवाले माग गर्नुभयो । समस्यामा परेकाहरुका लागि सहयोग अभियान चलाउन पनि उहाँले निर्देशन दिनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।