प्रदेश प्रमुखबाट पदमुक्त भएपछि अमिक शेरचनले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । गण्डकी प्रदेशको प्रमुखबाट पदमुक्त भएका अमिक शेरचनले पदबाट बाहिरिँदा आफू अत्यन्तै खुशी भएको बताएका छन्। मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै शेरचनले आफूलाई पदमुक्त गरेकोमा राष्ट्रपतिलाई समेत धन्यवाद दिएका थिए।

‘पदमुक्त भएकोमा अत्यन्तै खुशी छु। मुरीमुरी धन्यबाद छ राष्ट्रपतिज्यूलाई,’ उनले भनेका छन्,‘ अधिकारविहीन खुला जेलबाट मुक्त गरिदिनु भएकोमा पनि धन्यबाद ।’शेरचनले आफूले पदका लागि राजनीतिक नगरेको भन्दै विभिन्न समयमा आएका लाभका पदहरु अस्वीकार गर्दै आएको जनाएका छन्। ‘पद र सत्ताका लागि असम्वैधानिक पद्धति र अपाच्य दृश्य थोर्पाने पद जोगाउने व्यक्ति म होइन,’ उनले भनेका छन्।

आफू पदमा आएपछि संवैधानिक मर्यादालाई पूर्णपालना गरेको र कुनैपनि पार्टी विशेषको प्रभाव र छायाँमा काम नगरेको उनले स्पष्ट पारेका छन्।देश कोभिड–१९ विरुद्ध एकजुट भएर लड्नुपर्ने बेलामा दलहरुबीच पार्टी पार्टी बीचको फुट, पद र सत्तालिप्साको खेलमा देशलाई चुर्लुम्म डुबाइएको भन्दै उनले आक्रोश पोखेसमेत पोखेका छन्।

‘आज देश कोभिडबाट आतंकीत र अक्रान्त बनेको छ । दैनिक मृत्युदर बढिरहेको छ, यस्तो अवस्थामा सम्पूर्ण राजनीतिक दलहरुको साझा सहमति र सहकार्यमा देशव्यापी सचेतना अभियान चलाई जनताको जिउ धनको रक्षा गर्नुपर्ने अहम् बेलामा पार्टी पार्टी बीचको फुट, पद र सत्तालिप्साको खेलमा देशलाई चुर्लुम्म डुवाइएको छ,’ उनले भनेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।