एसईई र कक्षा १२ को परीक्षा स्थगित
काठमाडौं, बैशाख २७ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।
आज बसेको बोर्डको बैठकले दुवै परीक्षा स्थगित गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले बताए।
‘अर्को सूचना नभएसम्मका लागि दुबै परीक्षा स्थगित गर्ने निर्णय भएको छ’, पौडेलले भने।
एसईई जेठ १३ गतेबाट र कक्षा १२ को परीक्षा जेठ २६ बाट संचालन हुने भनिएको थियो।


