विनेसाम जापानको मुखपत्र ‘अक्षरा’ विमोचित

जापान । विश्व नेपाली साहित्य महासङ्घ जापान शाखाले भर्चुअल माध्यमबाट आफ्नो मुखपत्र “अक्षरा” विमोचन तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथिहरू नेपाली दूतावास जापानका द्वतीय सचिव जीत बहादुर कार्कीको सहभागीता रहेको थियो भने विनेसाम केन्द्रीय समितिका सल्लाहकारद्वय प्रा. डा. भीम खतिवडा तथा विश्वासदीप तिगेला हुनुहुन्थ्यो ।

त्यसैगरी विशेष अतिथिहरुमा विनेसाम केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी र अनेसास केन्द्रीय समितिका अध्यक्ष प्रकाश पौडेल माइला रहनुभएको थियो ।

अतिथिहरुमा पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले अनेसास जापान च्याप्टरका अध्यक्ष गिरिजा गैरे, आदिवासी जनजाति महासंघ जापानका महासचिव शिशिर लिम्बू, किराया कान्तोका अध्यक्ष ध्रुबदेव राई लगायत विभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू रहनु भएको थियो ।

विनेसाम केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष डा. लेखनाथ काफ्ले ताईवान, उपाध्यक्ष डेन्जम साम्पाङ अमेरिका, महासचिव सुनिता राई कन्दङवा इजरायल, सहसचिव भुवन रोका जापानबाट उपस्थिती रहेको थियो ।

विनेसाम इजरायल शाखाबाट अध्यक्ष सुरेन्द्र प्रसाई भारत शाखाबाट अध्यक्ष राहुल राई बोगी सचिव सुमित्र अविरल बेलायत शाखाबाट सदस्य सर्बधन राईले प्रतिनिधित्व गर्नु भएको थियो ।

प्रमुख अतिथि कुलपति गङ्गाप्रसाद उप्रेतीज्युले “अक्षरा” सार्वजनिक भएको जानकारीसहित विमोचन गर्नुभएको थियो र उपस्थित सम्पूर्ण अतिथीहरुले साथ दिनुभएको थियो ।

अक्षरा कृतिको समिक्षा विशिष्ट अतिथि विनेसामका केन्द्रीय सल्लाहकार प्रा. डा. भीम खतिवडाले प्रत्येक पेज, हरफ र लाइन इङ्गित गर्दै सबै श्रष्टाहरुको रचनाको भाव बोल्नु भएको थियो । विनेसाम जापान शाखाका सचिव बिमन किरातीले अतिथिहरूलाई शब्दगुच्छ मार्फत स्वागत गर्नु भए संगै कार्यक्रम अगाडि बढेको थियो ।

कार्यक्रमको पहिलो चरण संस्थाकी सदस्य सयपत्री थुलुङले सञ्चालन गरेकी थिईन भने दोश्रो चरण महासचिव रविन्द्र दिखुक्पाले सञ्चालन गरेका थिए ।

कार्यक्रममा रचना वाचन गर्नु हुनेमा विनेसाम केन्द्रीय सल्लाहकार विश्वासदिप तिगेला बेलायत, केबी पारखी जापान, विनेसामका सदस्य बिजय स्याङ्बो, आर्थिक सचिव शिवराज राई, अनेसास केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला, अनेसास जापानका अध्यक्ष गिरिजा गैरे, विनेसाम केन्द्रीय महासचिव सुनिता राई कन्दङवा, इजरायल शाखाका अध्यक्ष सुरेन्द्र प्रसाई, कृष्ण गौतम विनेसाम एक नम्बर प्रदेशका सल्लाहकार, बेलायत शाखाबाट सर्बधन राई भारत शाखा बाट देविका मगराती, विमला जोशी प्रधान, मञ्जुला तामाङ, शान्ती भुजेल, मिना राई लगायतले रचना सुनाउनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कुलपति उप्रेती अक्षराले निरन्तरता पाओस भन्दै बधाई र शुभकामना दिदै रचना पनि सुनाउनु भएको थियो । विशिष्ट अतिथी प्रा. डा. भीम खतिवडाले सुझाब सहित आफ्नो शुभकामना मन्तब्य र रचना राखानु भएको थियो भने विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीले संगठानिक हितका लागि सहकार्य अपरिहार्य रहेको बताउदै शुभकामना सहित रचना वाचन गर्नु भएको थियो।

अन्त्यमा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति देबी बहादुर इङ्नामले उपस्थित सम्पूर्ण अतिथीगणहरु प्रती हार्दिक आभार प्रकट गर्दै अक्षरा प्रकाशनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउनु हुने स्रष्टा सर्जक र विज्ञापनदाता सबैलाई धन्यवाद प्रकट गर्दै आफ्नो रचना सुनाएर कार्यक्रम समापन गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।