जसपा कार्यकारिणी समिति बैठक स्थगित

काठमाडौँ,जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समितिको बैठक स्थगन भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै यही जेठ ८ र ९ गतेका लागि बोलाइएको बैठक स्थगन गर्नुभएको हो ।

‘यसअघि जेठ ४ गते जानकारी गरिएअनुसार जेठ ८ र ९ गते बस्ने भनिएको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक कोभिड–१९ बढ्दो महामारीको कारणले अर्को सूचना नभएसम्म बैठक स्थगन गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई पक्षले भने एकतर्फी रुपमा बैठक स्थगन गरिएकामा आपत्ति जनाएको छ ।

यसअघि ठाकुर र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै वर्तमान सरकारमा सहभागी नभई आफ्नै दलका नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने र नभए प्रतिपक्षमै रहेर भूमिका निर्वाह गर्ने सहमति भएको थियो । दुवै अध्यक्षका सहमतिमा कार्यकारिणी समितिको बैठक बोलाइएको थियो ।

यसैबीच अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ । उक्त बैठकका सम्बन्धमा यादव र डा भट्टराई पक्षलाई जानकारी नगराइएको जनाइएको छ । ठाकुर–महतो समूहले संसदीय दलका नेतामा राजेन्द्र महतोलाई चयनसमेत गरिसकेको छ । सो पक्षले आफूसँग बहुमत सांसद रहेको दावी गर्दै आएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।