आज फेरि एमाले स्थायी कमिटी को बैठक बस्दै

काठमाडौँ,नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।

बैठकमा मध्यावधि निर्वाचन, विकसित राजनीतिक परिस्थिति र दलको आन्तरिक जीवन विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सिफारिशमा गए राति आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोकिसक्नुभएको छ ।

यो पनि पढ्नुहोस्…

टिस्टुङ, मकवानपुरको थाहा नगरपालिकामा प्रत्येक तीन वर्षमा लाग्ने प्रसिद्ध बाराही जात्रा कोरोना महामारीका कारण यस वर्ष पनि स्थगन गरिएको छ । अघिल्लो जात्रा सकिएको तीन वर्ष पुगेपछि गत वर्ष नै बाराही जात्रा हुनुपर्ने भए पनि कोरोना महामारीका कारण रोकिएको थियो ।
नगरमा कोरोना सङ्क्रमण बढिरहेको र जात्रा चलाउँदा थप जोखिम हुने भएकाले यस वर्ष यही जेठ १५ देखि १७ गतेसम्म हुने जात्रा रोकिएको बज्रबाराही गुठी व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

थाहा–६ बज्रबाराहीमा बसेको गुठी व्यवस्थापन समितिको बैठकले कोरोना महामारीका कारण यस वर्ष जात्रा हुन नसक्ने भएकाले नित्य पूजाको कार्यक्रम मात्र सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । नगरपालिकामा कोरोना सङ्क्रमण दर बढिरहेको र निषेधाज्ञासमेत जारी रहेकाले नगर कार्यपालिकाले जात्रा स्थगन गर्न आग्रह गर्दै आएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।