महिला लाई जीउँदै आ,गो लगाउने लाई कारबाहिको माग ,उपचारका लागि प्रदेश सरकारले रु दुई लाख दिने

काठमाडौँ,डोटीको आदर्श गाउँपालिका–४ मा मट्टीतेल खन्याएर आगो लगाइँदा घाइते भएकी लक्ष्मी भाटको स्वास्थ्यस्थिति र दोषीलाई कारबाहीबारे राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले चासो दिनुभएको छ ।

अध्यक्ष पराजुलीले आज भाट उपचारत कीर्र्तिपुरस्थित वर्न अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । गत साता रोडिङ्गे गाउँस्थित घरमै भएको घटनामा घाइते २८ वर्षीया भाट र उहाँकी छोेरीको हाल उपचार भइरहेको छ ।

उहाँलाई वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा मङ्गलबाट हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको हो । आयोगका अध्यक्ष पराुजलीसँगको भेटमा पीडित भाटले आफू र नाबालक छोरीलाई आगो लगाई ज्यान मार्ने प्रयास गर्ने आरोपित पति सन्तोष भाटलाई जन्मकैदको सजायको माग गर्नुभएको छ । पति सन्तोष हाल फरार छन् ।

आयोगका अध्यक्ष पराजुलीले सो सम्बन्धमा डोटीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसँग कुुरा गरी दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन यसअघि नै आग्रह गरिसक्नुभएको छ ।

उहाँले यस घटनाले महिला घरभित्रै आफ्नै परिवारबाट सुरक्षित नभएको अवस्था देखाएको भन्दै पीडकले हदैसम्मको सजाय पाउनुपर्नेमा जोड दिनुभयो ।
आयोगले निषेधाज्ञामा घरमा रहेका महिला÷किशोरीको मानसिक स्वास्थ्य अवस्थाको सुरक्षाको उद्देश्यले मनोपरामर्श जारी राखेको छ । हेल्पलाइनबाट २४ घण्टै उजुरी लिने र कानुनी सहयोग समेत सञ्चालन गरिरहेको छ ।

उपचारका लागि रु २ लाख सहयोग
उपचारत लक्ष्मीको उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारले रु दुई लाख उपचार सहयोग गर्ने भएको छ । आज प्रदेश मन्त्रिपरिषद्को बैठकले घाइते भाटको उपचारका लागि सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिनुभयो ।

सङ्घीय सरकारले पनि घाइते लक्ष्मीको सम्पूर्ण उपचार निःशुल्क गर्ने जनाएको छ । उहाँको अवस्था खतरामुक्त भएको उपचारमा संलग्न चिकित्सक डा सुरेन्द्र बस्नेत र प्रकृति ज्ञवालीले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।