लिचीको दाना अ,ड्किएर बालकको मृ,त्यु

महेन्द्रनगर,कञ्चनपुरको भीमदत्त नगरपालिका–५ मा लिचीको दाना अड्किएर एक बालकको मृ,त्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बुधबार साँझ लिचीको दाना अड्किएर छ महिने बालक वीरेन्द्र चन्दको मृ,त्यु भएको जानकारी दिनुभयो ।

“खेल्दाखेल्दै लिचीको दाना खाँदा अड्किएर अस्पताल लगिएको थियो”, उहाँले भन्नुभयो, “महाकाली अस्पताल पुग्दापुग्दै चिकित्सकले मृ,त घोषणा गरे ।”

बालिका गर्भवती बनाउने बुवा पक्राउ

कञ्चनपुर प्रहरीले १३ वर्षीया छोरीलाई बलात्कार गरी गर्भवती बनाउने बुवालाई पक्राउ गरी कारवाही अघि बढाएको छ ।

यहाँको बेदकोट नगरपालिकामा ५५ वर्षीय पुरुषले आफ्नै छोरीलाई गर्भवती बनाएको खबरपछि पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाइएको छ ।

“प्रारम्भिकरूपमा हेर्दा बालिका ग,र्भवती रहेको सात महिनाभन्दा बढी समय भइसकेको छ”, प्रवक्ता थापाले भन्नुभयो, “घरमा मौका छोपी ती पुरुषले एक वर्षअघिदेखि छोरीलाई बलात्कार गर्दै आएको देखिन्छ ।”

प्रहरी स्रोतका अनुसार शुरुमा डर, त्रासले ती बालिकाले बुवाले गर्ने घ,टना बाहिर ल्याउन सकिनन् । पेट बढ्दै गएपछि आफन्तले थाहा पाएपछि स्थानीयवासीमार्फत प्रहरीमा त्यसको खबर पुग्यो ।

“बुवाले नै बलात्कार गरेको शुरुमा बालिकाले भन्न गाह्रो मानिन्”, प्रहरी स्रोतले भन्यो, “पछि अनुसन्धान गर्दै जाँदा बालिकाले घटनाको बेलीविस्तार पोखिन् ।” अहिले बालिकालाई सेफहाउसमा राखिएको छ भने अभियुक्त बुवा प्रहरी नियन्त्रणमा छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।