व्यापारीले आफूखुशी मूल्य बढाएको गुनासो आउन थालेपछि

डोटी, :कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका समयमा यहाँका व्यापारीले आफूखुशी मूल्य बढाएको गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगम शुरु गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलसहितको टोलीले यहाँका प्रमुख बजार दिपायल, पिपल्ला, राजपुरलगायतका क्षेत्रका पसलमा अनुगमन गरिरहेको छ ।

अनुगमनमा नगरपालिकाका कर्मचारी, पत्रकार, नागरिक समाज, उपभोक्ता समितिका पदाधिकारी तथा वाणिज्य सङ्घका पदाधिकारीसमेत सहभागी भएका छन् । जिल्लामा निषेधज्ञाको समयमा व्यापारीले आफूखुशी मूल्य लिन थालेको पटक–पटक गुनासो आएपछि प्रशासनले बल्ल अनुगमन शुरु गरेको हो ।

उक्त अनुगमन समितिले सरकारी दरअनुसारको बजार मूल्यमा एकरुपता भए÷नभएको विषयमा जानकारी लिनाका साथै उपभोग्य मिति भए÷नभएको बारेमा समेत जानकारी लिन थालेको छ । अनुगमनका क्रममा बजारमा म्याद सकिएको अवस्थामा भेटिएका नरिवल लड्डु, चाट मसला, मिट मसला, जिरा, तिल, मेथी, बिस्कुटलगायतका खाद्य सामग्री बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।

म्याद सकिएका अखाद्य वस्तु बिक्री वितरण गर्ने तथा तोकिएभन्दा बढी रकम उपभोक्ताबाट लिएको पाइएमा तत्काल कारवाही गरिने योजनाअनुसार जिल्लामा बजार अनुगमनलाई तीव्रता दिइएको उहाँले जानकारी दिनुभयो ।

बजार अनुगमनका क्रममा पसल, फर्म दर्ता, इजाजत, कर कार्यालयमा दर्ता, करचुक्ता, नापतौललगायतको समेत निरीक्षण गर्न थालिएको छ ।

अनुगमन समितिका सदस्य तथा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बजारमा दैनिक उपभोग्य सामानको मूल्यवृद्धि गरी सामान बेच्ने गरेको प्रमाणसहित गुनासो वा उजुरी आए तत्काल कारवाहीका लागि सिफारिश गरिने बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।