कारोना असरलाई उठाउन केन्द्रीत;सुदूरपश्चिम नयाँ बजेट

सुदूरपश्चिम,कोभिड—१९ बाट उत्पन्न बहुपक्षीय असरलाई निराकरण गर्ने गरी सुदूरपश्चिम प्रदेश सरकारले नयाँ बजेट ल्याउने तयारी गरेको छ ।

प्रदेश सभाको आज बसेको बैठकमा आगामी आर्थिक वर्ष २०७८÷०७९ को पूर्व बजेट छलफलका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले कोरोनाबाट परेको बहुपक्षीय असरको क्षति न्यूनीकरण र अर्थतन्त्रका पुनरुत्थानमा टेवा पु¥याउने कार्यक्रमलाई नयाँ बजेटमा उच्च प्राथमिकता दिएको जानकारी दिनु भयो।

उहाँले पूर्वाधार सहितको गुणस्तरीय स्वास्थ्य सेवाको विकास,निजी क्षेत्रका लागि प्रोत्साहन सहितको आर्थिक सहुलियत, रोजगारी सिर्जना,कृषिमा आधुनिकीकरण, युवा लक्षित कार्यक्रम, प्रदेश पूर्वाधार आयोजना कार्यान्वयनमा आगामी बजेटले प्राथमिकता दिने बताउनुभयो

‘‘कोरोना महामारीका कारण नागरिकको जीवन रक्षा गर्न प्रवद्र्धनात्मक, उपचारात्मक र प्रतिकारात्मक लगायतलाई विशिष्टिकृत गर्ने तर्फ पनि बजेट परिलक्षित हुनेछ,’’उहाँले भन्नुभयो,‘‘स्वदेश र विदेशमा रोजगार गुमाएका नेपाली लक्षित विषेश प्रोत्साहनका कार्यक्रमलाई पनि प्राथमिकता दिइने छ ।’’

बैठकको विषेश समयमा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले उपप्रधानमन्त्री राजेन्द्र महतोले हाल दिनुभएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै अभिव्यक्ति फिर्ता लिन समेत आग्रह गर्नुभयो ।

प्रदेशसभाको दोस्रो बैठकमा आव २०७८÷०७९ को पूर्व बजेट माथि छलफल शुरु भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।