मुख्यमन्त्री भट्टलाई कांग्रेसको समर्थन

गोदावरी, नेपाली कांग्रेस संसदीय दलले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वकै सरकारलाई समर्थन गर्ने भएको छ ।

कांग्रेस संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्रीलाई मत नपुग्ने अवस्थामा उहाँका पक्षमा मतदान गर्ने निर्णय गरेको नेका प्रदेशसभा सदस्य टेकबहादुर रैकाले जानकारी दिनुभयो।

प्रदेशसभामा कांग्रेसका १२ सदस्य छन् । कांग्रेसको यो निर्णयपछि मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त हुने जनाइएको छ । मुख्यमन्त्रीलाई २७ मतको आवश्यक पर्छ ।

माओवादी केन्द्रका १३ सदस्य रहेकामा एमाले संसदीय दलसमेतले समर्थन गर्ने निर्णय गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा जनता समाजवादी पार्टी(जसपा)का सदस्यले मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने भएका छन् ।

केन्द्रमा भएको सत्ता समिकरणअनुसार मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय भएको जसपा संसदीय दलका नेता कृष्णबहादुर चौधरीको भनाई छ ।

प्रदेशसभामा जसपाका चौधरी र मालामति राना गरी दुई सदस्य रहेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।