अनलाइनमार्फत विश्वव्यापी बिनायो वादन प्रतियोगिता शुरु

खोटाङ, किरात राई सांस्कृतिक कलाकार सङ्घले अनलाइनमार्फत विश्वव्यापी कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगिता शुरु गरेको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण सांस्कृतिक कलाकार सङ्घले अनलाइनमार्फत खुला विश्वव्यापी बिनायो प्रतियोगिता शुरु गरेको हो ।

लोपोन्मुख बनेको बिनायो बाजाको संरक्षण, संवद्र्धन गर्दै युवा पिँढीमा हस्तान्तरण गर्ने उद्देश्यले बिनायो वादन प्रतियोगिताको आयोजना गरिएको किरात राई सांस्कृतिक कलाकार सङ्घका सचिव पदम थुलुङले बताउनुभयो ।

“कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै भर्चुअल कार्यक्रममा बिनायोको धुन बजाएर विश्वव्यापी अनलाइन बिनायो वादन खुला प्रतियोगिताको शरु गरिएको छ”, उहाँले भन्नुभयो, “जेठ २२ गते पर्ने आफ्नो १६औँ स्थापना दिवसका अवसर पारेर आयोजना गरिएको प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछन् ।”

सचिव थुलुङका अनुसार पहिलो चरणमा इच्छुक प्रतियोगीले बिनायो बजाइरहेको भिडियो असार १० गतेभित्र आयोजकलाई पठाइसक्नुपर्ने छ । छनोट भएका भिडियो सङ्घको युट्युब च्यानलमा अपलोड गरिने आयोजकले जनाएको छ ।

पहिलो चरणमा छनोट भएकामध्येबाट पुनः दोस्रो चरणमा पनि बिनायो बजाइरहेको ओरिजिनल भिडियो आयोजकलाई उपलब्ध गराउनुपर्ने जनाइएको छ । दोस्रो चरणमा उपलब्ध भएको भिडियोको आधारमा फाइनल प्रतिस्पर्धा हुने सङ्घले जनाएको छ ।

बिनायो बजाएको भिडियो कम्तीमा दुई मिनेटको हुनुपर्ने र हरेक भिडियो अडियोसहितको हुनुपर्ने शर्त छ । प्रतियोगितामा जुनसुकै मुलुक र जुनसुकै समुदायका प्रतियोगी सहभागी हुन पाउनेछन् । प्रतियोगिता आगामी असारको अन्तिम साता समापन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विजेताले क्रमशः रु १६ हजार, १० हजार र सात हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक रोशन चाम्लिङ राईले बताउनुभयो । कार्यक्रममा किराँत राई सङ्गीत सम्मान अक्षयकोषका लागि रु दुई लाख २२ हजार २२२ रकम सङ्कलन भएको जनाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।