दोस्रो चरणको कोरोनाबाट कञ्चनपुरमा १७६ ले ज्या,न गुमाए

कञ्चनपुर, दोस्रो चरणको कोरोना भाइरसको सङ्क्रमणबाट कञ्चनपुरमा हालसम्म डेढ सय बढी जनाको मृ,त्यु, भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जेठ अन्तिम सातासम्म १७६ जनाको कोरोनाका कारण मृ,त्यु, भएको छ । मृ,त्यु, हुनेमा महिलाभन्दा पुरुष दोब्बर छन् । मृ,त्यु, हुनेमा पुरुष १२२ र महिला ५४ छन् ।

स्थानीय तहअनुसार भीमदत्त नगरपालिकामा सबैभन्दा बढी ९७ र लालझाडी गाउँपालिकामा सबैभन्दा कम एक जनाको मात्रै मृ,त्यु, भएको छ ।

भीमदत्तपछि वेदकोट नगरपालिकामा १६, दोधारा चाँदनीमा १४, बेलौरीमा १३, कृष्णपुरमा ११, शुक्लाफाँटामा १०, पुनर्वासमा सात र बेलडाँडी गाउँपालिकामा चार जनाको मृ,त्यु, भएको छ ।

स्वास्थ्य कार्यालयका अधिकारीहरुका अनुसार ज्यान गुमाउने सबैभन्दा बढी बाह्मण थरका व्यक्ति छन् । मृ,त्यु, हुनेमा अन्यको तुलनामा जनजाति र दलित समुदायका कम छन् । अधिकांश जनजाति समुदाय बस्ने लालझाडीमा एक जनाको मात्रै मृ,त्यु, भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार पिसिआर परीक्षणबाट पाँच हजार ११ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये तीन हजार ३५९ पुरुष र एक हजार ६५२ महिला छन् । पिसिआरबाट कोरोना देखिएकामध्ये हाल ३८५ सक्रिय सङ्क्रमित छन् । अन्य सबै उपचारपछि घर फर्किएका छन् ।

स्थानीय तहअनुसार पिसिआर परीक्षणबाट भीमदत्तमा सबैभन्दा बढी दुई हजार २८८ जनामा कोरोना देखिएको छ । त्यसपछि वेदकोटमा ५६१, शुक्लाफाँटामा ४४८, बेलौरीमा ४३९, कृष्णपुरमा ४३५, पुनर्वासमा ३२९, दोधारा चाँदनीमा १४९, बेलडाँडीमा ९५ र लालझाडीमा ६७ जनामा सङ्क्रमण देखिएको छ । एन्टिजेन परीक्षणबाट दुई हजार २२० जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये हाल २२६ सक्रिय सङ्क्रमित छन् ।

एन्टिजेन परीक्षणबाट भीमदत्तमा ५८३, दोधारा चाँदनीमा ३५७, वेदकोटमा १०६, शुक्लाफाँटामा ५४, कृष्णपुरमा ८७, पुनर्वासमा ३०३, बेलौरीमा ९६ र बेलडाँडीमा ४६ जनामा सङ्क्रमण देखिएको छ ।

पश्चिमी सीमानाका गड्डाचौकीमा गरिएको परीक्षणमा ५४० जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । गड्डाचौकीमा भारतबाट फर्किने व्यक्तिको एन्टिजेन परीक्षण गरिएको थियो।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।