राष्ट्रिय आविष्कार केन्द्रलाई १० अक्सिजन सिलिण्डर सहयोग

सउल, वाग्मती प्रदेश एकता समाज दक्षिण कोरियाले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ४० लिटर क्षमताका १० वटा अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष रविप्रताप घिसिङलगायतले मङ्गलबार आविष्कार केन्द्रमै पुगी उक्त सहयोग गरेका हुन् ।

समाजका तर्फबाट दक्षिण कोरियामा रहेका नेपालीमाझ दुई हप्तासम्म सहयोग सङ्कलन अभियान चलाइएको थियो ।

दुई हप्ताको अवधिमा रु १९ लाख ५१ हजार कोरियन वन सङ्कलन भएको थियो । उक्त रकममध्येबाट १० वटा अक्सिजन सिलिण्डर खरिद गरिएको हो ।

राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट निमित्त प्रमुख किशोर रिमालले उक्त सामग्री स्वीकार गर्दै सहयोग गरेकामा दक्षिण कोरियाका नेपालीलाई धन्यवाद व्यक्त गर्नुभएको संस्थाका अध्यक्ष घिसिङले बताउनुभयो ।

सहयोग वितरण कार्यमा संस्थापक यदुकुमार गिरी, चित्रबहादुर मोक्तानलगायतको उपस्थिति थियो । अक्सिजन सिलिण्डर खरिदपश्चात बाँकी हुने रकम पनि कोरोनापीडितकै लागि खर्च गरिने बताइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।