राष्ट्रिय सभाध्यक्षसमक्ष शपथ

काठमाडौँ, राष्ट्रियसभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेयलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ ।

सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा अध्यक्षसमक्ष नवनिर्वाचित सदस्यले शपथ लिनुएको हो ।

त्यस अवसरमा अध्यक्ष तिमिल्सिनाले उहाँलाई बधाई दिँदै राष्ट्रियसभा सदस्यको पहिचान खुल्ने प्रतीकचिह्न प्रदान गर्नुभयो । लुम्बिनी प्रदेशमा यही जेठ १७ गते सम्पन्न अन्य समूहतर्पmको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांगे्रसका तर्फबाट उहाँ निर्वाचित हुनुभएको थियो ।

राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहाल, राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारी, सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमलगायतले नवनिर्वाचित सदस्य पाण्डेयलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।