क्यान्सर प्रतिष्ठानको स्वायत्ततामा कांग्रेसको जोड

काठमाडौँ, नेपाली कांग्रेसले बजेटमा ल्याइएको क्यान्सर संस्थानको अवधारणामार्फत तीन स्थापित क्यान्सर अस्पतालको स्वायत्ततामाथि सरोकार पक्षले गम्भीर प्रश्न उठाइसक्दा पनि सरकारले राखेको मौनताप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

अर्बुद रोगको अध्ययन, अनुसन्धान र उपचारलाई राज्यले थप व्यवस्थित, प्रोत्साहन र बढावा दिन जरुरी रहेको जनाउँदै कांग्रेसले त्यसका लागि स्थापित स्वास्थ प्रतिष्ठान भरपर्दाे आधार भएको जनाएको छ ।

विसं २०४६ को परिवर्तनपछि कांग्रेसको नीति र नेतृत्वमा स्वदेशी र वैदेशिक सहयोगमा स्थापित र विकसित केही क्यान्सर अस्पताल मुलुकमा छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गरी समयानुकूल तिनको क्षमता विस्तार गर्ने र तीमार्फत नवीन अनुसन्धानमा सहजीकरण गर्ने कर्तव्य राज्यको भएको जनाउँदै सक्षम प्रतिष्ठानलाई नै अध्ययन र अनुसन्धानका लागि प्रोत्साहन र सशक्तीकरण गर्ने योजना उपयुक्त हुने बताउनुभएको छ ।

कांग्रेसले भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई संस्थान मातहतमा ल्याउनेबारे गहिरो अध्ययन, विज्ञ परामर्श र सरोकार पक्षसँंग छलफलपछि मात्रै उचित विकल्पको निष्कर्ष टुंगो गरिनुपर्ने जनाउँदै यस्तो संवेदनशील विषय हाल यथास्थितिमा राख्न सरकारसँग आग्रह गरेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।