भेन्टिलेटरसहितका स्वाथ्य सामग्री हस्तान्तरण

झापा, आनी छोइङ डोल्मा फाउण्डेशन र प्रारम्भ सामाजिक संस्था ललितपुरले आज यहाँका दुई पालिकालाई स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

विर्तामोड र अर्जुनधारा नगरपालिकालाई दुवै संस्थाले संयुक्तरुपमा एक÷एक थान भेन्टिलेटर, दुई÷दुई थान अक्सिजन कन्सन्ट्रेटर मेसिन र १५ थानका दरले पिपिई सेट वितरण गरेका हुन् ।

सो स्वास्थ्य सामग्री दुवै नगरपालिकामै पुगेर विर्तामोडका नगरप्रमुख धुव्र शिवाकोटी र अर्जुनधाराका नगरप्रमुख हरि रानालाई फाउण्डेशनका अध्यक्ष आनी छोइङ डोल्मा र प्रारम्भ सामाजिक संस्थाकी अध्यक्ष कल्पना क्षेत्रीले हस्तान्तरण गर्नुभएको छ ।
आनी छोइङ डोल्मा नेपाली साङ्गीतिक जगत्की एक प्रसिद्ध गायिका हुनुहुन्छ ।

हस्तान्तरण कार्यक्रममा विर्तामोडका नगरप्रमुुख शिवाकोटीले कोरोनाकालमा अक्सिजन र भेन्टिलेटर अभाव भइरहेको अवस्थामा महत्वपूर्ण स्वास्थ्य सामग्री सहयोग गरेकामा सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सो स्वास्थ्य सामग्री पूर्वमहान्यायधिवक्ता अग्नि खरेलको पहलमा आएको जानकारी दिनुभयो ।

उहाँले रु २८ करोडको लागतमा बन्दै गरेको विर्तामोड नगर अस्पतालमा सो भन्टिलेटर मेसिन जडान गरिने बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले अस्पतालमा छवटा डायलिसिस मेसिन र थप दुई भन्टिलेटर जडान गर्ने लक्ष्य राखेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।