तामाङले सम्पत्ति विवरण सार्वजनिक ;स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति १४ ठाउँमा जग्गा

काठमाडौँ,स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा १ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पदधारण गरेको मितिले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्थाबमोजिम उहाँले मन्त्रालयको वेवसाइटमा आफ्नो र श्रीमती उषाकला राईको सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो ।

राई अहिले प्रदेश नंं १ का सामाजिक विकासमन्त्री हुुनुहुन्छ ।
यही जेठ २१ गते विस्तार गरिएको मन्त्रिमण्डलमा स्वास्थ्यमन्त्रीमा नियुक्त तामाङले सार्वजनिक गरेको सम्पत्तिविवरण अनुसार तामाङ दम्पतीका १४ ठाउँमा जग्गा छ ।

उहाँका नाममा अंशवापत प्राप्त पैतृक जग्गा तीन र श्रीमती राईका ११ ठाउँमा छ । श्रीमती राईका नाममा गोकर्णेश्वर नगरपालिका वडा न) ८ मा तीन आना जग्गामा बनेको अढाइतले घर छ ।

यस्तै मन्त्री तामाङसँग २२ तोला सुन र रु पाँच लाखको शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सुन पुख्र्याैली र खरीद गरिएको दुवैथरि छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।