गर्भवतीलाई पोषणयुक्त सामग्री वितरण

बाँके, बर्दियाको बारबर्दिया नगरपालिका वहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत वडा नम्वर १ र २ मा सय जना गर्भवतीलाई नगरउपप्रमुख अञ्जु दहिले पोषणयुक्त सामग्री वितरण गर्नु भएको छ । नगपालिकाले गर्भवतीहरुलाई पोसिलो खाना र सुरक्षा सामाग्री सहितको उपहार प्रदान गर्न शुरु गरेको छ ।

त्यस्तै शनिवार वडा नम्वर ५,६ र ७ मा ती सामग्री वितरण हुने छ । नगरपालिकाले शुक्रबारदेखि गर्भवतीहरुलाई उपहार बितरण गर्न थालेको हो ।

प्रत्येकलाई झुल, एक क्रेट अण्डा, आधा लिटर घ्यु, स्यानिटाईजर, मास्क लगायतका करिव १७ सय बराबरको सामग्री दिइएको छ । नगर प्रवक्ता दुर्गा वहादुर विश्वकर्माले ११ वटै वडाका गर्भवतीलाई ती सामग्री दिइने बताउनुभयो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण

डिसीए नेपाल काठमाण्डौ तथा थारु महिला उत्थान केन्द्र गुलरियाको संयुक्त साझेदारीमा सञ्चालीत आधार परियोजना अन्तरगत कोभीड १९ को सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि बर्दियाको बारबर्दिया नगरपालिकालाई पाँच लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

नगरपालिकाको संस्थागत आइसोलेशन, स्वास्थ्य संस्था तथा होम आइसोलशनका लागि करिब ५ लाख ३१ हजार ८ सय रुपैया बराबरको सामग्री प्रदान गरिएको थारु महिला उत्थान केन्द्रका अध्यक्ष लिलावती चौधरीले बताउनुभयो ।

नगरप्रमुख दुर्गाबहादुर थारु कबिरले आपत र महामारीको बेलामा सहयोगी संस्थाले दिएको स्वास्थ्य सामग्रीको सही सदुपयोग हुने बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।