धनकुटाका १४ सहित प्रदेश १ मा आज ४८६ संक्रमित थपिए, १,३१० संक्रमणमुक्त

विराटनगर, २९ जेठ । प्रदेश १ बाट आज १ हजार ३१० जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५२४ महिला र ७८६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ४८ हजार ५५३ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज ४८६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १९३, सुनसरीमा १३५, झापामा १०८, धनकुटामा १४, उदयपुरमा ६, संखुवासभा र भोजपुरमा ४–४, ते¥हथुम, इलाम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ११७, बुढीगंगामा १८, कानेपोखरीमा १७, बेलबारीमा ११, कटहरीमा ६, पथरीशनिश्चरेमा ५, सुन्दहरैचामा ४, जहदा र स्थानीय तह नखुलेका ३–३, सुनबर्षीमा २, रंगेली र उर्लाबारीमा २–२, रतुवामाई, लेटाङ, केराबारी र ग्रामथानमा १–१, सुनसरीको धरानमा ६२, इटहरीमा ३१, इनरुवामा २०, दुहवीमा ७, रामधुनीमा ६, बराहक्षेत्रमा ५, बर्जुमा २, देवानगञ्ज र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा ७४, भद्रपुरमा १६, मेचीनगरमा ५, विर्तामोडमा ४, कचनकवलमा ३, शिवसताक्षी , कमल, बा¥हदशी, अर्जुनधारा र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा ६, पाख्रिबासमा ४, शहिदभूमी, महालक्ष्मी, चौविसे र छथरमा १–१, उदयपुरको रौतामाई र त्रियुगामा २–२, कटारी र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा ३ र मादीमा १, भोजपुरको भोजपुर नगरपालिकामा १ र स्थानीय तह नखुलेका ३, ते¥हथुमको फेदापमा १, इलामको चुलाचुलीमा १, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६५ हजार ३४१ पुगेको छ । सक्रिय संक्रमितको संख्या १५ हजार ७५२ रहेको छ । प्रदेश १ मा आज १ हजार ४१९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २२६ महिला र २६० जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।