ग्यास बि,स्फोटनबाट १२ जनाको ,मृ,त्यु
वुहान, चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृ,त्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घा,इते भएका छन् ।
स्थानीय अधिकारीहरुका अनुसार घा.इतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ ।
खोज तथा उद्धार अधिकारीहरुले दिउँसो १२ बजेसम्ममा बिस्फोट स्थलमा भेटिएका १५० जनाको उद्धार गरी स्थानीय अस्पतालहरुमा भर्ना गरिएको बताएका छन् ।
शियान नगरको झाङवानको आवासीय क्षेत्रमा बिहान ६.३० बजे उक्त बिस्फोट भएको थियो । बिस्फोट हुँदा स्थानीयबासीबीच भागदौड मच्चिएको थियो ।
खोज तथा उद्धार कार्य जारी रहेकाले उक्त घटनामा के कति व्यक्ति हताहत भए भन्ने एकिन भइ नसकेको पनि अधिकारीहरुले बताएका छन् ।


