भारतमा अझै पनि दैनिक ८० हजार सङ्क्रमित

नयाँ दिल्ली, भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप ८० हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप ८० हजार ८३४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

“एकैदिनमा यति मानिस सङ्क्रमित भएको ७१ दिनपछिकै सबैभन्दा थोरै हो,” केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

पछिल्ला केही दिनदेखि भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुँदै आएको देखिएको छ ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या दुई करोड ९४ लाख ३९ हजार ९८९ पुगेको छ ।

सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्यामा दैनिक ५ प्रतिशतले कमी हुँदै आएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोनाभाइरस संक्रमणका कारण मृ,त्यु भएकाहरुको सङ्ख्या तीन लाख ७० हजार ३८४ पुगेको छ । ती मध्ये तीन हजार ३०३ जनाको पछिल्लो २४ घण्टामा मृ,त्यु भएको हो ।

भारतमा एक दिनमा एक लाख ३२ हजार ६२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या दुई करोड ८० लाख ४३ हजार ४४६ पुगेको छ ।

कोरोनाभाइरस विरुद्ध भारतभरी अहिलेसम्म २५ करोड ३१ लाख ९५ हजार ४८ खोप प्रयोग भएको मन्त्रालयले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।