धनकुटामा कोरोना भाईरस विरुद्धको भेरोसेल खोप लगाउने कार्य जारी
जेष्ठ ३०,धनकुटा । कोरोना भाईरस विरुद्धको भेरोसेल खोप लगाउने कार्यलाई धनकुटामा जारी राखिएको छ ।
यसअघि जेष्ठ २७ र २८ गते दुई दिन लगाउने भनिएको खोप पालिकाहरुमा अझै बाँकी रहेकोले खोप लगाउने कार्यलाई निरन्तरता दिईएको हो ।
जसअनुसार अहिले सम्म जिल्लाका १६ सय ४ जनाले यो खोप लगाएका छन् । हिजो महालक्ष्मी नगरपलिकाका १४५, पाख्रीवास नगरपालिकाका ९२, शहिदभूमी गाउँपालिकाका ६८ र चौविसे गाउँपालिकाका ५२ जनाले लगाए सँगै खोप लगाउनेको संख्या १६ सय ४ जना पुगेको स्वस्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।
पालिकाहरुमा पठाईएको खोप नसकिन्जेल सम्म खोप लगाउने कार्यलाई निरन्तरता दिईने उहाँको भनाई छ ।


