कोरोना सङ्क्रमित होम आइसोलेशनमै

सर्लाही,आइसियू र भेन्टिलेटरको व्यवस्था नहुँदा जिल्लाका कोरोना सङ्क्रमितले उपचार अभावमा ज्यान गुमाउनु परेको छ । कोरोना सङ्क्रमण देखिएर उपचारका लागि अस्पताल भर्ना भएका बिरामीले उपचार अभावमा ज्यान गुमाउनुपरेको छ ।

कोरोना सङ्क्रमण र कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी उपचारका लागि अस्पतालमा भर्ना भएका भए पनि आवश्यक भौतिक संरचना र भौतिक साधनको अभावमा उपचार नपाएका हुन् । स्वास्थ्य अवस्था खराब हुन थालेपछि अस्पतालले भेन्टिलेटर भएको अस्पतालमा लैजान सुझाव दिने गरेको छ ।

जिल्लामा कोरोना सङ्क्रमणको लक्षण देखिएका र सङ्क्रमणको आशङ्का गरिएका पनि होम आइसोलेशनमा रहेका छन् ।

आइसियु र भेन्टिलेटरको व्यवस्थापन भए गम्भीर बिरामीलाई जोगाउन सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जीव सिंहले बताउनुभयो । उहाँले सङ्क्रमित अन्तिम अवस्थामा अस्पताल आउने गरेका सुनाउनुभयो ।

जिल्ला अस्पतालमा ५० श्ययाको कोरोना अस्पताल निर्माण गरिए पनि कोरोना सङ्क्रमित जाँदैनन्। जिल्लाका अधिकांश कोरोना सङ्क्रमित होम आइसोलेशनमा बसिरहेका बताइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖