धनकुटामा ४ सहित प्रदेश १ मा ३७९ संक्रमित थपिए, ३५८ संक्रमणमुक्त

विराटनगर, ३१ जेठ । प्रदेश १ मा आज ३७९ जना कोरोना संक्रमित थपिएका छन् ।

 

झापामा १४५, सुनसरीमा ९९, झापामा ९८, संखुवासभामा १२, इलाम र धनकुटामा ४–४, भोजपुरमा ३, ते¥हथुम र उदयपुरमा २–२, प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको भद्रपुरमा ४९, अर्जुनधारामा ४६, दमकमा ११, विर्तामोडमा ९, कचनकवल र बुद्धशान्तिमा ६–६, कमल गाउँपालिकामा ५, मेचीनगर र बा¥हदशीमा ३–३, हल्दिबारीमा २, गौरादह, शिवसताक्षी, कनकाई र झापा गाउँपालिकामा र स्थानीय तह नखुलेका १–१, सुनसरीको इनरुवामा ४३, इटहरीमा २२, धरानमा २१, दुहवी र स्थानीय तह नखुलेका ४–४, रामधुनीमा ३, बराहक्षेत्र र गढीमा १–१, मोरङको विराटनगरमा ५६, पथरीशनिश्चरेमा १०, कटहरीमा ६, उर्लाबारीमा ५, बेलबारी र बुढीगंगामा ४–४, जहदामा ३, लेटाङ, सुन्दरहरैचा, सुनबर्षी र ग्रामथानमा २–२, केराबारी र रंगेलीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि संखुवासभाको चैनपुरमा १०, खाँदबारी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २–२, धनकुटाको धनकुटा नगरपालिकामा ३ र पाख्रिबासमा १, भोजपुरको भोजपुर नगरपालिकामा १ र स्थानीय तह नखुलेका २, ते¥हथुमको म्याङलुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा २ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६ हजार ५७ पुगेको छ । संक्रमित भएका मध्ये ४९ हजार २३७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १५ हजार ७६८ रहेको मन्त्रालयले जनाएको छ । आज ३५८ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रदेश १ मा आज १ हजार ३९१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १७२ महिला र २०७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।