ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमणमा वृद्धि

डोटी, जिल्लामा दोस्रो चरणको कोरोना सङ्क्रमणबाट मृ,त्यु, हुनेको सङ्ख्या १७ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा कुल एक हजार २०० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

ती मध्ये ५० जनाले कोरोना जित्न सफल भएका छन् । सङ्क्रमण पुष्टि भएकामा अधिकांश युवा उमेरका व्यक्ति रहेका कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिनुभयो । जिल्लाका ग्रामीण भेगमा सङ्क्रमणका बिरामी बढी रहेको बताइएको छ ।

भारतबाट रोजगारी गरी घर फर्किएका यहाँका नागरिकका कारण जिल्लामा सङ्क्रमण फैलिएको स्थानीयवासीको बुझाइ रहेको छ ।

यहाँका शहर बजारभन्दा पनि गाउँमा बढी कोरोना सङ्क्रमित भएको कार्यालका मेडिकल सुपरीटेन्डेन्ट कृष्ण जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँका शहर बजारमा भएका कोरोना सङ्क्रमित निको भइसकेका छन्, गाउँघरमा कोरोना सङ्क्रमित बढ्दै गएका छन्, गाउँबाट बढी समस्या देखिने अवस्था छ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।