मुख्यमन्त्री राउतद्वारा योग शिविरको शुभारम्भ

धनुषा, मुख्यमन्त्री लालबाबु राउतले सातौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सात दिवसीय योग शिविरको शुभारम्भ गर्नु भएको छ ।

पतंञ्जली योग समिति प्रदेश नं.२ ले आयोजना गरेको योग शिवरको मुख्यमन्त्री राउतले भर्चुअल प्रविधिमार्फत शुभारम्भ गर्नु भएको हो ।

सो अवसरमा उहाँले अहिलेको व्यस्त जीवनमा आफू स्वस्थ्य रहन योग अपरिहार्य रहेको बताउनुभयो ।

योगलाई जनजनमा पु¥याउन रामदेवले खेल्नु भएको भूमिका एवं विश्व स्तरमा स्थापित गराउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकालाई प्रशंसा गर्नु हुँदै मुख्यमन्त्री राउतले शहरी क्षेत्रमा मात्र सिमित योगलाई ग्रामीण क्षेत्रसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

समारोहमा प्रदेश सभा सदस्य एवं पतञ्जली योग समितिका प्रमुख सल्लाहकार कौशल यादवले स्वस्थ्य जीवनका लागि योगको महत्वका बारेमा प्रकाश पार्नुभयो ।

योग समितिका प्रदेश अध्यक्ष हरिहरलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, पतञ्जली योग शिविरका पदाधिकारीहरुसहितको उपस्थिति थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।