देउवाले बा,ढी प्र,भावित क्षेत्रमा उद्धार र राहतमा खटिन निर्देशन
काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बा,ढी प्र,भावित क्षेत्रमा उद्धार र राहतमा खटिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
उहाँले आज सामाजिक सञ्जालमार्फत केही दिनदेखि परेको अविरल व,र्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र कटानले विकराल रूप लिएको भन्दै कठिन अवस्थामा उद्धार र राहतमा खटिन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।
पूर्वप्रधानमन्त्री देउवाले सरकारलाई तत्काल वि,पद्मा परेका जनतालाई उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरुलाई आवश्यक राहत प्याकेज घोषणा गर्न मागसमेत गर्नुभएको छ ।
केही दिनदेखि परेको अविरल वर्षाका कारण मनाङमा दर्जनौँ घर बगाउनका साथै सिन्धुपाल्चोकको मेलम्ची बजारलगायत अन्य क्षेत्रमा समेत क्षति र दर्जनौँ व्यक्ति वेपत्ता भएका छन् ।
यो पनि पढ्नुहोस
तानसेन, पाल्पाको रिब्दीकोट गाउँपालिका–४ मन्छिपमा मङ्गलबार प,हिरोले पुरिएर एक किशोरको मृ,त्यु भएको छ । स्थानीयवासी महेन्द्र भट्टराई क्षेत्रीको आफ्नै घर माथिबाट आएको प,हिराले घर पुरिँदा उहाँका १९ वर्षीय छोरा मदन भट्टराईको मृ,त्यु, भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरी चौकी हार्थोक र स्थानीयवासीले उद्धार गरी उपचारका लागि पाल्पा अस्पताल पठाएकामा उपचारका क्रममा मृ,त्यु, भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले पुष्टि गर्नुभयो । शव परीक्षण गरी श,व आफन्तलाई बुझाइएको छ ।
घटनास्थलको मुचुल्का बनाई क्षतिको विवरण लिने कार्य भइरहेको हार्थोक प्रहरी चौकीका प्रमुख कृष्ण रेग्मीले जानकारी दिनुभयो । लगातारको वर्षाका कारण ग्रामीण भेगका धेरै घर जोखिममा परेका छन् ।


