येस्तो छ भारत मा संक्रमण दर को स्थिति

नयाँ दिल्ली, भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्यामा कमी हुँदै आएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार २२४ जना कोरोनाभाइरसबाट थप सङ्क्रमित भएका छन् ।

यो सङ्ख्या अघिल्ला दिनहरुको भन्दा कम हुँदै गएको हो । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले ३.२२ प्रतिशतको दरले सङ्क्रमण घटेको जनाएको छ ।

पछिल्लो नौ दिनमा औसतमा ९ प्रतिशतको दरले सङ्क्रमितहरुको सङ्ख्यामा कमी हुँदै आएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी सक्रिय अवस्थामा रहेका सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गएर अहिले आठ लाख ६५ हजार ४३२ रहेको छ ।

सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घटेर ७० दिनपछि अहिले पहिलो पटक नौ लाखभन्दा कम भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतमा कोरोनभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको दर ९५.८० रहेको छ ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या दुई करोड ९६ लाख ३३ हजार १०५ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी भारतमा कोरोनाका कारण अहिलेसम्म कुल तीन लाख ७९ हजार ५७३ जनाको मृत्यु भएको देखिएको छ । ती मध्ये दुई हजार ५४२ जनाको पछिल्लो २४ घण्टामा मृ,त्यु, भएको हो ।

पछिल्लो एक दिनमा भारतमा एक लाख सात हजार ६२८ जना सङ्क्रमणमुक्त भएको पाइएको छ। योसँगै सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या दुई करोड ८३ लाख ८८ हजार एक सय रहेको छ ।

भारतको स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा अहिलेसम्म कुल ३८ करोड ३३ लाख छ हजार ७९१ पटक कोरोना परीक्षण गरिएको छ । त्यस्तै २६ करोड १९ लाखलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।