जनताबाट गुनासो नआउने गरी सेवा प्रदान गर्न निर्देशन

काठमाडौँ,सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले जनताबाट गुनासो नआउने गरी सेवा दिन निर्देशन दिनुभएको छ । हुलाक सेवा विभाग र विज्ञापन बोर्डका कार्यालयको आज अनुगमनका क्रममा मन्त्री थापाले जनतालाई प्रत्यक्ष लाभ हुने गरी छिटो र छरिटो सेवा प्रदान गर्न कमचारीलाई निर्देशन दिनुभएको हो ।

मन्त्री थापाले पछिल्लो समयमा सञ्चार तथा प्रविधिको विकास तीव्र रुपमा भइरहेको जनाउँदै प्रविधिमैत्री सेवा प्रदान गर्न पनि अनुरोध गर्नुभयो ।

मन्त्रालयका हरिप्रसाद बस्यालले सरकारी विज्ञापनलाई एकद्वार प्रणालीबाट वितरण गर्ने गरी अगाडि बढ्न बोर्डलाई सुझाव दिनुभयो ।

बोर्डका अध्यक्ष लक्ष्मण हुमागार्इँले बोर्डले विज्ञापनसम्वन्धी कानूनमा भएका व्यवस्थाको अध्ययन गर्नाका साथै विज्ञापन आचारसंहिता निर्माण गर्ने कार्य गरिरहेको जानकारी दिनुभयो । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ बमोजिम बोर्डको गठन भएको थियो ।

हुलाक सेवा विभागका महानिर्देशक आभा श्रेष्ठले हुलाक सेवाको पुनर्संरचना गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको हुलाकको स्थापना विस. १९३५ मा भएको थियो ।

मन्त्री थापाले यसअघि नेपाल टेलिभिजन, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल, न्यूनतम पारिश्रमिक निर्धारण समिति र सूचना तथा प्रसारण विभागलगायत निकायमा अनुगमन गरी निर्देशन दिनुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।